बर्दिया,मंसिर ७ (फरकसमाचार)/ तापक्रमको पारो ओरालो लागेर चिसो बढिरहेको बेला ठाकुरबाबामा उप निर्वाचनका कारण चुनावी गर्मी बढेको छ । चुनावमा आ–आफ्ना उम्मेदवार बिजयी गराउँन दलले प्रचार प्रसार सुरु गरिसकेका छन् । नेता तथा कार्यकर्ताको दौडधुप बढेको देखिन्छ ।
तिहार सकिए लगत्तै बढेको चिसो मौसमसँगै जिल्ला भरि दलका नेता र कार्यकर्ता तिब्र रुपमा चुनाब केन्द्रित गतिबिधिमा लागेपछि जिल्ला भरि नै चुनाबि गर्मी बढेको छ । चुनावका निम्ति कार्यकर्ता भिँड जम्मा गर्ने जुलुश निकाल्ने र आम सभा गराउँदा चुनाबि गर्मी बढेको महशुस भएको हो । दलका उम्मेदवारले प्रचार प्रसार सुरु गरेपछि चुनाबि सरगर्मी बढेको हो ।
चुनाव मर्यादित बनाउँन बृहत अन्तरक्रिया
आचार संहिताको लागि प्रमुख जिल्ला अधिकारी रुद्रा देबि शर्मा,जिल्ला न्यायधिस तथा मूख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठ, एसपि द्धय केदार खनाल, चित्राङ्ग दाहाल, दलका प्रतिनिधि र पत्रकार विच आचार संहिता उल्लघन गर्न सक्ने बिषयमा बृहत छलफल भएको छ । उच्च पदस्थ अधिकारी र दलका प्रतिनिधि समेत उपस्थितिमा अनुगमन समिति गठन गरिएको छ । बुधबार नगरपालिका वडा नं.४ को वडा अध्यक्षको लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । गत आइतबार उम्मेदवारी दर्ता गराएका ६ जना उम्मेदवारलाई बुधबार निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार कायम भएका उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ६ र ७ बमोजिम निर्वाचन चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताए ।
यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि ६ राजनीतिक पार्टी निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् ।
वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन् । जसमध्ये महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ६ सय ७१ जना रहेका छन् । २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि ६ राजनीतिक पार्टी निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् ।
उक्त वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन् । जसमध्ये महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ६ सय ७१ जना रहेका छन् । २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनको बारेमा उच्च अधिकारीहरु के भन्छन् :
सबैको सहयोग र समन्वयको अपेक्षा
रुद्रा देवि शर्मा
प्रमुख जिल्ला अधिकारी
२०७९ सालको आचार संहिता पूर्ण रुपमा लागु हुन्छ । निर्वाचन लक्षित र प्रभाव पार्ने गतिबिधि नगर्न अनुरोध छ । विकास निर्माणमा काम चुनावका लक्षित गर्न भएन र शिलान्यास र उद्घाटन, नयाँ पद सिर्जना गर्ने काम पनि गर्न भएन । चालु विकास लाई रोक्न भएन, नया कार्यत्रम ल्याउँन भएन । सवारी साधन प्रयोग गर्दा आचार संहितामा रहेर प्रयोग गर्नु पर्ला । वडा निर्वाचन लाई सबैको सहयोग र समन्वयको अपेक्षा गरेका छौ । नबुभेका कुरामा हामी आयोगसँग सम्र्पक पनि गर्छौ ।
आचार संहिताको उजुरी पर्ला र ?
मनोज श्रेष्ठ
न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत
उम्मेदवार र दलसँग जोडिएका दलले गर्ने गतिबिधिले चुनाव कस्तो हुने देखाउँने छ । निर्वाचन आयोगको निर्देशन अनुसार आचार संहिता पालना गर्नु पर्छ । आचार संहिताको उजुरी पर्ला भन्ने मैले कल्पना पनि गर्न सक्दैन । नगरपालिकाको परिचय यस चुनावले दिने आशा राखेको छु । आचारसंहिताका बारेमा हामी सबैलाई थाहा भयो ,सबैले सदायशयता देखाउँनु हुनेछ । निर्वाचन आयोगको परिकल्पना तपाईहरुको सहयोग पूर्ण हुन्छ भन्नेमा बिश्वस्त छौ ।
साईबर क्राईममा उजुरी पर्ला होसीयार !
केदार खनाल
प्रहरी उपरीक्षक,बर्दिया
पछिल्लो समय अराजकताको पराकाष्ठा सामाजिक संजालमा देखिने गरेको छ । मिथ्या आरोप लगाएर सदभाव भाड्ने । भयरहित वा स्वस्थ प्रतिस्पर्धाको चुनाव बिथोल्न सामाजिक संजालमा मिथ्या कुरा लेख्ने गर्दा उजुरी पर्न सक्छ ? चुुनाव जस्तो संबेदनशिल बिषयमा जोशमा होस गुमाउँदा साईबर क्राईम अन्र्तगत कारबाही हुन सक्छ । यस्तो उजुरी परेमा अफ्ठयारोमा पर्न सक्नु हुन्छ होसीयार हुनु होला । सार्वजनिका ठाउँमा टासिएका व्यानर हटार दलले आफ्नो आचरण प्रस्तुत गर्नु हुुनेछ भन्ने बिश्वास छ । बलजफ्ति गरेमा अनैतिक गतिबिधि रोक्न प्रहरी परिचालन हुनेछ ।
चुनावमा नगरपालिका संबेदशिल छ
नारायण प्रसाद ढकाल
प्रमुख प्रशासकीय अधिकृत ठाकुरबाबा नपा
नगरपालिका प्रशासन चुनावी माहोललाई प्रभावित पर्न सक्ने काम प्रति अतिसंबेदन शिल छ । नगरपालिकाले ठेक्का अवधिमा संचालन भएका काम मात्र नगर प्रमुख तिलकराम लम्सालबाट निर्देशन भएको छ । जनप्रतिनिध चुनावमा स्वास्थ प्रतिस्पर्धा गराउँन प्रतिबद्ध हनु हुन्छ । ठेक्का अवधि सकिन लागेका र जारी रहेका मात्र विकास काम नगरपालिका भित्र भईरहेको छ । चुनावमा आवत जावत गर्न कठिनाई भएका ठाउँमा मूख्य निर्वाचन अधिकृतको कार्यालयको अनुरोधमा काम गर्ने भन्ने बेग्लै कुरा हो ।