लागु औषधसहित दुई जना पक्राउ
आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर ९(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट लागु औषधसहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ संगम बस्तीका ३५ वर्षिय विकाश विक र वडा नंम्बर ४ बेलौलीका ३० वर्षिय अनिल गोडिया रहेका छन् । शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनाको साथबाट ४ सय ४० मिलीग्राम लागु औषधको धुलो फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर