बुधबार, मङि्सर १२, २०८१
मा प्रकाशित
1373
Shares
काठमाडौँ,मंसिर १२ / सरकारको कामको समीक्षा र आगामी कार्ययोजनामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाको बैठक बोलाएका छन्।
ओलीले सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका कामको त्रैमाशिक समीक्षा हुने बताइएको छ। चालु आर्थिक वर्षमा सरकारले गरेका कामको समीक्षाका साथै आगामी कार्ययोजना तय गर्ने बताइएको छ। त्यस्तै, बैठकमा नागरिकको असन्तुष्टि र सरकारको प्रभावकारिताका विषयमा पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ।नागरिकन्युजबाट साभार