‘काँग्रेस राजापुर अभियान सम्पन्न’
आइतबार, पुष १४, २०८१ मा प्रकाशित

बर्दिया,पौष १४/ नेपाली काँग्रेसको सय दिने विशेष अभियान अन्तर्गत राजापुर नगरपालिका स्तरिय अभियान सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टीका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य सुशिला मिश्र भट्टको प्रमुख आतिथ्यतामा शुक्रबार अभियान सम्पन्न भएको हो ।

पालिका सभापति महेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको अभियानमा प्रमुख अतिथि सुशिला भट्टले अभियानको उद्देश्य र महत्व बारे प्रकाश पार्दै सम्वोधन गरेका थिए ।

राजापुर कटेजको सभाकक्षमा आयोजना गरिएको पालिका स्तरिय अभियानमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरले पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सबैलाई लागि पर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला उपसभापति गोविन्द प्रसाद थारु, सचिव मिनराज चौधरी, कोषाध्यक्ष लक्ष्मी ढकाल लम्साल, निवर्तमान जिल्ला सहसचिव प्रेम लाल थारु, महासमिति सदस्य एवं नेपाल लोकतन्त्रवादी जनजाति महासङ्घ जिल्ला अध्यक्ष फुलाराम थारु, महासमिति सदस्य हेमकुमारी चौधरी, जिल्ला सदस्य महादेव रत्गैया र सीता चौधरी, प्रतिनिधि सभा क्षेत्रीय सभापति दिपक जंग शाह, महाधिवेशन प्रतिनिधि तारा चौधरी, थारु विभाग केन्द्रीय सदस्य देवमान चौधरी, थारु संघका केन्द्रीय सदस्यहरु नाचुराम थारु, मथुरा प्रसाद चौधरी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष दीपकलाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ बर्दियाक पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धिताल सहित नेपाली काँग्रेसका सबै तहगत नेता कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

नगर स्तरीय अभियानमा अन्तरक्रियात्मक कार्यक्रममा वडा पार्टी सङ्गठनको कार्यगतिविधीहरुको सम्वन्धमा वडा न. १ का सभापति बाबुराम चौधरी, २ का सभापति रामचन्द्र थारु, ३ का प्रतिनिधि रामप्रसाद थारु, ४ का सभापति प्रेम बहादुर थापा, ७ का सभापति रामहरी थारु, ८ का उपसभापति, ९ का सभापति रबिन्द्र मल्ल, १० का सभापति दयाशङ्कर थारुले रिपोर्टिङ गरेका थिए ।

त्यसै गरी प्रतिनिधि सभा क्षेत्रीय समितिका सदस्य जगतराम चौधरी, नगर सचिव सिताराम थारु, अग्रज नेता विनोद गौतम, म.ब. क्याम्पस बाकेका पूर्व इकाइ अध्यक्ष महेन्द्र बम, नेता गणेश थापाले अभियानको सन्दर्भमा पार्टी संघ संगठन सुदृढीकरणका लागि राय सल्लाह सुझाव सहित जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर