बर्दिया,पौष १७/ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेलाले समिति चयन गरेको छ । गुलरियामा मंगलबार भएको भेलाले क.प्रताको नेतृत्त्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
भेलामा पार्टीका नवौ महाधिवेशन आयोग समिति सदस्य तथा ६ नं. ब्युरो इन्चार्ज कमरेड संगम, पार्टीका नवौ महाधिवेशन आयोग समिति सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज क. शक्ती लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज कमरेड भरतले संचालन गरेका थिए ।
कार्यक्रममा आफ्नो शूभकामना मन्तव्य राख्दै क.सँगमले राज्य भ्रष्टाचार, घुसखोर, जनविरोध, जनघात, राष्ट्रघातको केन्द्र बनेको र भ्रस्टाचारका कारण समाज राजनैतिक, आर्थिक तथा सांस्कृतिक रूपले तिव्रगतिमा विगठनको दिशामा गईरहेको बताए ।
मन्तव्यकै क्रममा बर्दिया जिल्ला इञ्चार्ज कमरेड शक्तिले नेपाली जनताका विरुद्ध गरिएका गतिविधि र जनतालाई थप शोषण, दमन र उत्पीडनमा पार्ने जोकोहिलाई नेकपा (बहुमत)ले सडकमा घिसार्ने बताए । जनतालाई दुःख दिनेलाई जनकारवाही गर्ने साथै राजनैतिक पार्टी, स्थानीय तहका जनप्रतिनिधिको संरक्षणमा भएको दलाली, मिटर व्याजी, लघुवित्त र वित्तीय संस्थाबाट भएका आर्थिक अनियमितता र जनताको सम्पत्ति हडप्ने, निजी तथा सार्वजनिक विद्यालयहरूले महंगो शुल्क असुले, किसानले समयमा नै मल र बीउ नपाउने जस्ता तमाम समस्या समाधानको निम्ति नेकपा (बहुमत)ले संघर्ष गर्ने भनाई इञ्चार्ज नेपालीले भनाई राखेका थिए ।