काठमाडौँ,पौष १७ / ड्युटी सकेर क्याम्पतर्फ फर्कदै गरेका सशस्त्र प्रहरीका इन्स्पेक्टरमाथि यात्रुवहाक बस बज्रिएको छ। यो घटना सर्लाहीको बलरा नगरपालिका ९ को हो।
मंगलबार बेलुकी करिब सवा ९ बजेतिर ड्युटी सकेर क्याम्पतर्फ फर्कने क्रममा इन्स्पेक्टर ४२ वर्षीय विजयकुमार तुलाधरमाथि बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको यात्रुवहाक बस बज्रेको हो। बिओपी छतौनाको कार्यालय अगाडि नै उनीमाथि यात्रुवहाक बस पल्टेको थियो। तुलाधर सोही विओपीमा कार्यरत थिए।
इन्स्पेक्टर तुलाधरलाई ठक्कर दिएपछि बस पल्टेको थियो। शव प्रादेशिक अस्पताल मलंगवामै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
बस बज्रेपछि गम्भीर घाइते भएका इन्स्पेक्टर तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा मंगलबार बेलुकी १०:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले बसको चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। बसका यात्रु भने सुरक्षित छन्।सेतोपाटीबाट साभार