बिहिबार, पुष १८, २०८१
मा प्रकाशित
1180
Shares
बर्दिया,पौष १८(फरकसमाचार)/ दोहोरो नागरिकता लिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बढैयाताल गाउँपालिका–८ की रिता थारु बुधबार पक्राउ परेकी हुन् ।
थारुले झुठो विवरण पेश गरेर दोहोरो नागरिकता लिन खोजेको आरोप छ । विस २०७५ सालमा थारुले नागरिकता लिईसकेको रेकर्ड रहेको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । ‘थारुले अर्को नागरिकता लिन झुठो कागजात जुटाएर प्रशासन पुगेकी थिईन्,’सहायक प्रजिअ कठायतले भने,‘तीन चार दिन देखि थारु निरन्तर धाईरहेकी थिईन् ।’
प्रारम्भिक अनुसन्धानमा दोहोरो नागरिकता लिन खुलेको जनाए । महिलालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सहायक प्रजिअ कठायतले जानकारी दिए ।