बर्दियामा दुई दिनमा १२ जना फरार प्रतिवादी पक्राउ
आइतबार, पुष २१, २०८१ मा प्रकाशित

बर्दिया,पौष २१(फरकसमाचार)/ विभिन्न कसुरमा फरार रहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार र शुक्रबार गरि दुई दिनमा १२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले विस २०८० साल कात्तिक १९ गते जमिर खानलाई चेक अनादर मुद्दामा रु ५ सय जरिवाना तोकेको थियो ।

त्यसैगरि अदालतले विस २०८० साल फागुन ३ गते विकास पुन मगरलाई जालसाज मुद्दामा रु ५ हजार, रोजन पुरीलाई लागु औषध मुद्दामा रु ५ हजार र २ महिना कैद, गत भदौ १३ गते विशाल खड्कालाई लागु औषध मुद्दामा ३ दिन, गत असार २५ गते प्रकाश सुनारलाई ५ दिन कैद सजाय अदालतले तोकेको थियो ।

अदालतले विस २०८० साल साउन २५ गते भविन्द्र सिंह ठकुरीलाई अंशसहितको सम्बन्ध बिच्छेद मुद्दामा रु १२ हजार ५ सय ५५ जरिवाना तोकेको थियो । अभद्र व्यवहारमा ४, लागु औषधमा एक र सवारी ज्यान मुद्दामा एक गरि फरार रहेका ६ जना नाबालकहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

लुकिछिपी बसेको अवस्थामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर