प्रेस सेन्टर नेपाल बर्दियाको अध्यक्षमा गान्दिप लाल कायस्त चयन
सोमबार, पुष २२, २०८१ मा प्रकाशित

बर्दिया,पौष २२(फरकसमाचार)/ प्रेस सेन्टर नेपाल बर्दियाको अध्यक्ष पदमा गान्दिप लाल कायस्त चयन भएका छन् । गुलरियामा शनिबार भएको साधारण सभा तथा ८औं अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा कायस्त चयन भएका हुन् । अधिवेशनले १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा ५ सदस्यीय पछि मनोनित गर्ने जनाईएको छ ।

उपाध्यक्षमा टिकाराम चौधरी र रावन विश्वकर्मा चयन भएका छन् । त्यसैगरि सचिवमा होमेन्द्र थापा, सहसचिवमा विन्दु चौधरी, सरोज कामत र कोषाध्यक्षमा डम्मर परियार चयन भएको जनाईएको छ ।

यस अघि प्रेस सेन्टर नेपाल बर्दियाको अध्यक्ष भिमउचै ठकुरी रहेका थिए । आफुले दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निभाएको ठकुरील बताए । अब नयाँ साथीहरुलाई नेतृत्वको अवसर दिनुपर्ने ठकुरीले उद्घाटन सत्रमा भनाई राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर