बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु,एक घाईते
मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित

बर्दिया,पौष २३(फरकसमाचार)/ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–६ का १९ वर्षिय टोपेन्द्र बुढाको मंगलबार दिउँसो मृत्यु भएको हो ।

गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे १३ प ४३०३ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई मधुवन नगरपालिका–४ हुलाकी सडक गम्मका चोक स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा बुढालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए । उनका अनुसार मृतक बुढा मोटरसाइकलको पछाडि सवार थिए ।

मोटरसाइकल चालक बाँके राप्ती सोनारी गाउँपालिका–१ का ३४ वर्षिय छत्र बहादुर बिष्टलाई थप उपचारको लागि बाँके पठाईएको डिएसपी मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर