भोलि देखि बर्दिया राजापुर महोत्सव सुरु हुँदै
आइतबार, पुष २८, २०८१ मा प्रकाशित

बर्दिया,पौष २८ (फरकसमाचार) / बर्दिया राजापुर महोत्सव २०८१ भोलि देखि सुरु हुँदैछ । ‘समृद्ध बर्दियाको प्रमुख आधार,कृषि, पर्यटन, व्यापार, संस्कृति र पुर्वाधार’मुल नाराका साथ पौष २९ गते भोलि सोमबार देखि महोत्सव सुरु हुने भएको हो । उद्योग वाणिज्य संघ राजापुरको आयोजना र जिल्ला प्रशासन कार्यालय बर्दियाको संरक्षकमा पौष २९ गते देखि माघ ९ गतेसम्म महोत्सव चल्नेछ ।

राजापुर भन्सार चोक देखि दक्षिण सरस्वती सामुदायिक खेल मैदानमा महोत्सव लाग्ने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, स्थानीय उत्पाद प्रदर्शनी, थारु कला संस्कृति र थारु परिकार आकर्षण रहने आयोजकले जनाएको छ ।

त्यसैगरि थारू कल्याणकारीणी सभा बाँसगढीको आयोजनामा शनिबार देखि बर्दिया माघ महोत्सव सुुरु भएको छ । बाँसगढीमा प्रथम थारू कृषि, पर्यटन, साँस्कृतिक, मेला तथा बर्दिया माघ महोत्सवको शनिबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेको आयोजकले जनाएको छ । महोत्सव पौष २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।

आयोजक थारू कल्याणकारीणी सभा बाँसगढी प्रचार–प्रसार संयोजक तथा प्रवक्ता राजसिंह थारूले स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर