बर्दिया,पौष २९(फरकसमाचार)/ मोटरसाइकल दुर्घटनामा परि शख्त घाईते भएका पत्रकार दीपकलाल श्रेष्ठको उपचार भईरहेको छ । रिपोटिङमा गईरहेको बेला पौष १९ गते शुक्रबार मोटरसाइकल दुर्घटनामा परि गुलरिया नगरपालिका–७ का पत्रकार दीपकलाल श्रेष्ठ घाईते भएका थिए ।
गुलरिया भुरिगाउँ सडक खण्ड ठाकुरबाबा नगरपालिका–५ बनकट्टी स्थित आफैले चलाएको लु ६४ प ८६०७ नंम्बरको मोटरसाइकल दुर्घटना भई पत्रकार श्रेष्ठ शख्त घाईते भएका थिए ।
एक्कासी अगाडि आएको बाख्रालाई बचाउने क्रममा मोटरसाइकल दुर्घटना भएको पत्रकार श्रेष्ठले बताए । ‘उपचारपछि स्वास्थ्यमा सुधार भईरहेको छ,’उनले भने,‘डाक्टरहरुको सल्लाह अनुसार घरमै रेष्टमा छु ।’ घाईते भएका श्रेष्ठ नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष समेत छन् ।
घाईते पत्रकार श्रेष्ठको हात र खुट्टामा चोट लागेको थियो । दायाँ खुट्टाको घुँडामा समस्या देखिएको छ भने बाँया खुट्टाको पैतलाको हड्डी चर्किएको देखिएपछि पलस्टर गरिएको छ ।