लागु औषधसहित तीन किशोर पक्राउ
बुधबार, माघ ०९, २०८१ मा प्रकाशित

बर्दिया,माघ ९ (फरकसमाचार)/ लागु औषधसहित प्रहरीले तीन जना किशोरहरुलाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–३ मानखोला स्थितबाट लागु औषध ब्राउन सुगरसहित तीन जना किशोरहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–६ का १५, १६ र १७ वर्षका तीन किशोरहरु रहेका छन् । बाँसगढी नगरपालिका–३ मानखोला स्थित खुसिया थारुको पुरानो खाली घरमा लागु औषध किनबेच भईरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोली खटिएको जनाईएको छ ।

किशोरहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा रातो रङको प्लाष्टिकले बेरी राखेको अवस्थामा १२ पुरिया ३ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । किशोरहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर