पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ
आइतबार, माघ २७, २०८१ मा प्रकाशित

काठमाडौँ,माघ २७ / ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् ।

बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर