संसद् बैठक बस्न ढिलाइ
शुक्रबार, चैत १४, २०८१ मा प्रकाशित

काठमाडौं , चैत १५ / प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सवा १२ बजेसम्म सुरु हुन सकेको छैन ।

विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा आएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

तर, प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने कुनै सूचना प्राप्त नभएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’

यसअघि आजै सभाख घिमिमुरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर