मानखोलामा शव फेला,पहिचान खुल्न बाँकी
शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित

बर्दिया,साउन ९(फरकसमाचार) / पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ । बढैयाताल गाउँपालिका–४ मानकिनार स्थित मानखोलामा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको पुरुषको बुधबार राति साढे १० बजे शव फेला परेको हो ।

फेला परेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

५ फिट ५ इन्च उचाई, माथि खरानी रङको जेन्स कुर्ती, भित्र रातो गन्जी, तल खरानी रङको हाप कट्टु र टाउकोमा भातगाउँले टोपी रहेको पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय