मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, भदौ २२/ मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गुलरिया नगरपालिका–७ गुलरिया गाउँका २० वर्षीय करण गुप्ताको शुक्रबार राती मृत्यु भएको हो । गुलरिया नगरपालिका–३ बुढीखोला स्थित हुलाकी सडक खण्डमा शुक्रबार ९ बजे मोटरसाइकल पोलमा ठोक्किएर दुर्घटना भएको थियो । गुलरिया देखि खैरापुर जाने क्रममा भे ११ प ३८६३ नंम्बरको मोटरसाइकल सडकको छेउमा रहेको सिमेन्टको पोलमा ठोकिएको थियो ।

मोटरसाइकल चालक गुप्ताको छातीमा भित्री चोट लागेको थियो । शुक्रबार राति सवा ९ बजेको समयमा चालक करण गुप्ताको उपचारको क्रममा बर्दिया अस्पतालमा मृत्यु भएको डीएसपी चक्र बहादुर डमरपालले जनाए ।

सोही मोटरसाइकलमा पछाडि सवार मृतक गुप्ताको १७ वर्षीय भाई अर्जुन गुप्ताको पेटमा चोट लागेर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका थिए । यस्तै मोटरसाइकलमा सवार सोही गाउँका २१ वर्षीय रोहित लोधलाई सामान्य चोट लागेको थियो । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर