भिडियोग्राफी एसोसिएसनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

बर्दिया, भदौ २२/ बर्दिया फोटो तथा भिडियोग्राफी एसोसिएसनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । फोटो तथा भिडियोग्राफी एसोसिएसनको शनिबार दोस्रो वार्षिक तथा सातौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेलगायत अन्य अतिथिले शुभकामना मन्तव्य दिएका थिए ।

भिडियोग्राफी कलासँग सम्बन्धित विधा रहेको पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘मनपरी गर्ने गिरोहले गर्दा फोटो तथा भिडियोग्राफी पेशा संकटमा परेको छ,’अध्यक्ष घिमिरेले भने,‘मोबाइल निकालेर मनपरी बोलेर भिडियो खिची सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् ।’

उक्त कार्यक्रममा गुलरिया नगरपालिका–६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, प्रशासनको प्रतिनिधि, उद्योग वाणिज्य संघ गुलरियाका प्रथम उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर