चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, माघ २२, २०८२ मा प्रकाशित

बर्दिया,माघ २१ (फरकसमाचार)/ चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–७ चौधरीयागाउँका ४६ वर्षीय चुल्लुराम थारुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गत साउन २३ गते अदालतले चेक अनादर मुद्दामा थारुलाई १ वर्ष कैद सजाय तोकेको थियो । अदालतले सजाय तोकेदेखि थारु फरार रहेका थिए ।

बाँसगढी नगरपालिका–५ स्थित रेड चिल्ली होटलमा लुकिछिपि बसिरहेको अवस्थामा थारुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाईएको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर