बाघ र चितुवाको आक्रमणबाट एकैदिनमा दुई जनाको मृत्यु
शुक्रबार, माघ २४, २०८२ मा प्रकाशित

बर्दिया,माघ २३(फरकसमाचार) / बाघ र चितुवाको आक्रमणबाट एकैदिनमा दुई जनाको मृत्यु भएको छ । पाटे बाघको आक्रमणबाट मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगीको र चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो ।

आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा महिलालाई बाघले आक्रमण गरेको जनाईएको छ । यसैगरी, रोकाय बिहीबार बिहान ११ बजेको समयमा बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परेका थिए । चितुवाले घाँटीमा आक्रमण गर्दा घटनास्थलमै रोकायको ज्यान गएको थियो ।

जिल्लामा वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएपछि स्थानिय त्रसित बनेका छन् । चालु आर्थिक वर्षको साउन यता चितुवाको आक्रमणबाट ७ जना, बाघको आक्रमणबाट २ जना र हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । सात महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाले ज्यान गुमाइसकेको तथ्यांक छ ।

बाघको आक्रमणबाट मृत्यु बरण गरेकि मैसरा डाँगीका पति भारतबाट पत्नि भेट्न आएको तिन दिन भएको थियो भने गुलरिया नपा. ४ मा मृत्यु बरण गरेका ३५ बर्षीय नन्दु रोकाय भारतमा रोजगारी गरेर पत्नि भेट्न आएको दश दिन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर