जाजरकाेटका गर्भवती भन्छन् : पहिलोपटक भिडियो एक्स–रे गरियो
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

जाजरकोट, फागुन २२ : आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको हो । भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरेको बताएका छन् ।

भेरी–११ कट्टी गाउँकी रमिता कामीले भने, ‘भिडियो एक्स–रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफँैले सेवा लिएर थाहा पाए, हामीसँग पैसा नभएका कारण भिडियो एक्स–रे गर्ने चाहना हुँदाहुँदै पनि घरमा बस्नु परेको थियो ।’ उनी जस्तै अर्की तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आएका छन् । ‘पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स–रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स–रे गर्न आए’, उनले भने, ‘यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स–रेसम्म गर्न पाइयो, असाध्यै खुशी लागेको छ ।’

अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स–रे सेवा गर्दै आएको छ । सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ता खालका कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

नगर प्रवक्ता पार्वती विक भन्नुहुन्छ, ‘आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गर्दै गर्दा हाम्रो बीचमा डरलाग्दो बालविवाहको दृश्यसमेत देखिएको छ ।’ गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनिका रहेका जाँचमा संलग्न चिकित्सक भुपेन्द्रप्रकाश मल्लले जानकारी दिए ।

बालविवाह न्यूनीकरणको अभियान चलाइरहँदा गाउँगाउँमा बालविवाहको अवस्था झन् डरलाग्दो भएको पाइएको चिकित्सक मल्लको भनाइ छ । गाउँमा सुत्केरी हुने मध्ये अधिकांश महिला नियमित गर्भजाँच नगराउने तर समस्या परेको बेला मात्र स्वास्थ्य संस्थाको मुख ताक्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आर्थिक रूपमा सबल भएका परिवारले मात्र भिडियो एक्स–रेको पहुँचमा रहेका समेत पाइएको छ । एक पटक भिडियो एक्स–रे गर्न जाँदा र आउँदा मात्र पाँच हजारभन्दा बढी खर्च हुने वडा नं १० कालाभुरकी रामकली पुनले बताए ।

स्थानीय तहमा प्रहरी निरीक्षक रहने

मन्त्री भण्डारीले अब वैशाख सम्ममा प्रदेश प्रहरी आउने र समायोजन हुने भएकाले गाउँपालिकाको केन्द्रमा प्रहरी निरीक्षक सहितको टोली कल्पना गरिएको जानकारी दिए । यसैगरी प्रदेश सरकारले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागिरहेको भन्दै मदिराको मात्रा, स्थान र निश्चित व्यक्ति तय गरिनेमा उनले जोड दिए ।

जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले समाजमा हिंसा कम गर्न शान्तिसुरक्षा कायम गर्न नागरिक र प्रहरी सहकार्य आवश्यक भएको जानकारी गराए । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले प्रहरी चौकी हुनु शान्तिसुरक्षा प्रभावकारी रहेको बताए । उनले तातोपानी पर्यटकीय क्षेत्रसमेत भएकाले शान्तिसुरक्षाको आवश्यकता भएको बेला सरकारले स्थायी प्रहरी चौकी स्थापना गर्न सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जिल्लाको आवश्यकताअनुसार हिमा गाउँपालिकाको बड्की, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा स्थायी प्रहरी चौकी स्थापना भएको जानकारी दिँदै प्रदेश सरकारले र स्थानीय सरकारले आवश्यक जनशक्ति तथा स्रोतसाधनमा सहयोग गर्ने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर