भारत, चैत १ : भारत सरकारले कोरोना भाइरसको संक्रमण विश्वभरी पर्न थालेपछि नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका केही नाकाहरू बन्द गर्ने निर्णय गरेको छ । भारतको गृहमन्त्रालयले सात बुँदे सूचना जारी गर्दै आइतबार राति १२ बजेबाट नेपालसहितका सीमा जोडिएका केही नाकाहरू बन्द गर्ने निर्णय गरेको हो ।
भारतले आफ्नो देशमा प्रवेश गर्नेहरुका लागि कढाई गर्दै उक्त नाका शनिबारदेखि बन्द गरेको हो। सीमामा बस्नेहरुको आवागमन यथावत छ। तर पर्यटक भएर आउने जानेका लागि बन्द भएको हो। शनिबारदेखि नेपालबाट भारत र भारतबाट नेपाल प्रवेशका लागि कुनै पनि सवारी साधनलाई अनुमति दिइएको छैन।
कोरोना भाइरसको संक्रमणका कारण भारतले नेपालसँगका बनबासा, सुनौली, काँकडभिट्टा र रक्सौल नाकाबाट मात्र नेपालीलाई आवतजावत गर्न दिने भएको छ। आइतबार राति १२ बजेदेखि नेपाली र भारत आवत–जावतका लागि अब उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् ।
पर्यटक भिसा यसअघि नै बन्द गर्ने निर्णय गरेको भारतले कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय गरिसकेको छ । कोरोना भाइरसबाट भारतमा २ ले ज्यान गुमाइसकेका छन् भने ८० बढि संक्रमित देखिएका छन् ।