हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क तथा साबुन वितरण
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

लहान, चैत ६ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विहिबार बिहान सप्तरीका हरुवा चरुवा परिवारका बालबालिकालाई मास्क तथा हात धुने साबुन वितरण गरिएको छ । शम्भुनाथ नगरपालिका र द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले शम्भुनाथ नगरपालिका विभिन्न वडाका ७० हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क र साबुन वितरण गरेको हो ।

 

वडा नं ३ स्थित शम्भुनाथ मन्दिर नजिकै रहेको बालउद्यानमा आयोजित कोरोना भाइरसको संक्रमणको लक्षण र भाइरसबाट जोगिने विधिबारे जनचेतनामूलक अन्तक्र्रियामा सहभागी बालबालिकालाई मास्क र साबुन वितरण गरिएको आयोजक श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिए । वडा नं ३ का वडाध्यक्ष शत्रुधनप्रसाद चौधरी, वडा सदस्य ध्रुवनारायण चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीलगायतले मास्क तथा साबुन वितरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय