मुख्यमन्त्री राउतद्वारा सेल्फ ‘क्वारेन्टाइन’मा बस्न अपिल
सोमबार, चैत १०, २०७६ मा प्रकाशित

जनकपुरधाम, चैत १०  : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ भाइरसबाट जोगिन प्रदेशवासीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न अपिल गर्नुभएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको अपिलमा उनले विश्वभरिनै त्रास मच्चाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयासमात्र पर्याप्त नभएको आम प्रदेशवासीलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन एकमात्र विकल्परहेको स्पष्ट पारे ।

 

उनले प्रदेशवासीलाई आ–आफ्नै घरबाट हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गरेर सहयोग गर्न अपिल गर्नुभएको छ । मुख्यमन्त्री राउतले कोभिड–१९ र रोकथामका लागि यस अघिनै प्रदेशका सबै जिल्लालाई ५०–५० लाख उपलब्ध गराइसकिएको भए पनि त्यो पर्याप्त नरहेको जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय