अन्तत:  सर्यो टाेकियाे ओलम्पिक २०२०
मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित

टोकियो,चैत ११ : कोरोना भाइरस विश्वभर महामारीको कारण विश्वभर एक पछि अर्को खेलकुद प्रतियोगिताहरु रद्द हुदै गए । तर बढ्दो क्रास र अन्यौलताका बीच पनि जापानका प्रधानमन्त्री सिन्जो आवे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी)का प्रमुख थोमस बाच टोकियो ओलम्पिक २०२० निर्धारित मिति अर्थात जुलाई २४ मा कुनै पनि हालतमा गर्ने दाबी गरिरहे ।

आइओसी र जापनको अडानको एक पछि अर्का राष्ट्रका सम्बन्धित ओलम्पिक कमिटीले निरन्तर त्यस निर्णयको विरोध गरे । साथै केही खेलाडीहरुले समेत आइओसी र जापान खेलाडीको स्वास्थमा जिम्मेबार नभएको आरोप लगाइरहे । क्यानडा, अमेरिका र जर्मनीले त खेलाडी नपठाउने घोषणा समेत गरे ।

सोमबार मात्र बसेको आइओसीको बैठकले ओलम्पिकका बारेमा अन्तिम निर्णय लिन ४ साताको समय माग गरेको थियो ।
अन्तत लामो रस्साकस्सीपछि जापानका प्रधानमन्त्री सिन्जो आवे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी)का प्रमुख थोमस बाच टोकियो ओलम्पिक २०२० एक वर्षपछि सार्न सहमत भएका छन् ।

‘मैले टोकियो ओलम्पिक २०२० एक वर्षपछि सार्न प्रस्ताव गरेको थिए र बाच मेरो प्रस्तावमा सहमत भए,’सिन्जोले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर