काठमाडौ, चैत १३ : पछिल्लो समय टोटेनहम उपाधिविहीन छ । प्रिमियर लिग फुटबलमा पनि टोटेनहम यो सिजनमा असफल भयो । टोटेनहमले अर्काे सिजन च्याम्याम्पियन्स लिग फुटबल खेल्न पाउने छैन ।
प्रिमियर लिग फुटबलका लिजेन्ड आलन सेरेराले टोटेनहमले अर्काे सिजन पनि उपाधि नजिते क्लबका स्टार खेलाडी ह्यारी केनले क्लब छाड्ने बताएका हुन् । “मेरो अनुमानमा यदि उनले आउने १२ महिनाभित्र कुनै पनि उपाधि जितेनन् भने टोटेनहम छाड्न सक्छन्,” सेरेराले भने ।
टोटेनहम यो सिजन च्याम्पियन्स लिग फुटबलबाट पनि बाहिरिइसकेको छ । टोेटेनहम आरबी लेपिजसँग पराजित हुँदै च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको हो । केनले यो सिजन प्रिमियर लिगमा २० खेल खेलेर ११ गोल गरेका छन् भने दुई असिस्ट गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा ५ खेल खेल्दै ६ गोल गरेका छन् । एजेन्सी