आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरस मुत्त
शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

लन्डन,चैत १४ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुत्त भएका आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले मानिसहरु भावनात्म रुपमा अझै उदार हुनु पर्ने बताएका छन् । ३८ वर्षे अर्टेटाको १२ मार्चमा गरिएको परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि घरमै सेल्फ आइसोलेशनमा बसेका अर्टेटा हालै कोरोना भाइरस मुत्त भएका थिए ।

हामी अहिले यस्तो समाजमा बसेका छौ,जाहा सबै कुरा सामाजिक संजाल भैदिएको छ, अर्टेटाले भने, तर एक अर्का साथको आभास गर्नु र अंकमाल गर्नुको छुट्टै महत्व छ ।मैले सेल्फ आइसोलेशनमा बस्दा मेरा नजिकमा आफन्तको त्यो आत्मियता सम्झिरहे ।हामी भावनात्मक रुपमा थप उदार हुन आवश्यक छ ।हामीले एक अर्काको भावना बुझ्नुपर्छ ।
आर्सनलले ग्रिसको टोली ओलम्पिकोसविरुद्ध फेब्रुअरी अन्त्यमा युरोपा लिग खेलेको थियो ।ओलम्पिकोसका मालिक इभानगेलोस मारिनाकिसमा मार्च १० मा कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि अर्टेटा पनि अस्वस्थ भएका थिए । परिक्षणका क्रममा उनमा कोरोना संक्रमणको पुष्टी भएको थियो ।

बिहिबार अर्टेटाले आफु पूर्ण रुपमा फिट भएको र सबैलाई घरमै बस्न सरकारले दिएको निर्देशनकाृ पालना गर्न आग्रह गरेका थिए । यो भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ र सक्रमण पनि फैलिरहेको छ । हामीले पाठ सिक्न आवश्यक छ,अर्टेटाले भने ।

दुई साताको आइसोलेशनमा बसेका आर्सनलका सबै खेलाडीले यसै साताबाट अभ्यास सुरु गर्ने बताएपनि हाललाई भने आर्सनलले त्यो योजनालाइए पछि सारेको छ ।
अर्टेटाले आफु र आफ्नी श्रीमतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सबै भन्दा चिन्ता आफ्ना तीन बच्चाको लागेको बताए ।

मैले आइसोलेशनमा छुट्टै कोठा र बाथरुमको प्रयोग गरेको थिए ।तर पनि बच्चाहरुमा पनि यो भाइरस सर्छ भन्ने चिन्ताले सताएको थियो,अर्टेटाले भने, भाग्यवश त्यो भएन ।मैले स्वास्थ भएपछि परिवारका सबै जनासँग अंकमाल गरे । यसले हामीलाई भावनात्म रुपमाा पनि नजिक ल्यायो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर