लन्डन, चैत १६ : पहिलो पटक योर्गान क्लाेपमा फुटबल प्रशिक्षक बन्ने लक्षण देख्दाको क्षण जेन्स हंस अझै सम्झिन्छन् । उनीहरु ११ वर्षका थिए,दुवै जना एसभी ग्लाटानको युथ टोलीबाट खेल्न जान्थे । उनीहरु बुन्डेसलिगामा स्टुटगार्टको खेलको प्रत्यक्ष कमेन्ट्रि रेडियोमा सुन्थे ।
क्लोप सोही समयबाटै स्टुटगार्टले खेलमा लिएको रणनितीका बारेमा अध्ययन गर्थे र प्रत्यक्ष प्रसारणकै दौरान क्लोप कुन खेलाडीलाई परिवर्तन गर्ने र कुन खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गराउनु भन्ने सुझाव दिन्थे र उनको सुझाव पालना पनि हुन्थ्यो । रेडियो कमेन्टेटरले यसको जानकारी गराइहाल्थे ।
म क्लोपमा भएको खेल बुझ्ने क्षमताबाटै सधै अचम्मित हुन्थे,स्मरण गर्दै हंस भन्छन्, म कहिले काही साेच्थे, क्लोप प्रशिक्षक भैसके ।
क्लोपले आफ्नो स्कुल ब्ल्याक फरेस्टमा पहिलो पटक प्रशिक्षण सम्हालेका थिए,जो अहिले विश्वकै एक अब्बल प्रशिक्षकमा गनिन्छन् । क्लोपे मेइन्जलाई पहिलो पटक बुन्डेसलिगामा मात्र लगेनन् ।त्यहा एक सफल खेलाडीका साथै प्रशिक्षकको पनि भुमिका निभाय । बोरुसिया डर्टमन्डको प्रशिक्षक हुँदा उनको सफलता अझै चुलियो ।
उनले बुन्डेसलिगा महारथी बार्यन म्युनिखको दबदबामा पूर्णविराम समेत लगाउन सफल भए । त्यसपछि इङलिस प्रिमियर लिग क्लब लिभरपुललाई नयाँ गन्तब्य बनाएका क्लोप क्लाबलाई गत सिजन च्याम्पियन्स लिगको उपाधि जिताउदै छैटौ पटक युरोपेली च्याम्पियन बनाए । विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै अहिले विश्वभर खेलकुद गतिबिधीमा रोक लगाइएको छ । प्रिमियर लिग रोकिदा पनि लिभरपुल शीर्ष स्थानमा थियो र उनको टोली ३० वर्षपछि लिग उपाधि जित्ने संघारमा छ ।
क्लोपको एन्फिल्डसम्मको यात्रा कसरी सम्भव भयो भन्ने हंस यसरी सम्झन्छन् ।
म,क्लोप र एसभी ग्लाटनका टोली सहयात्री अवे खेल अघि ग्लाट खोलाको बगरमाा जम्मा हुन्थ्यौ । यहा मानिसहरु शान्त स्वभावका छन्, हंसले भने, उनीहरु कसले कति पैसा कमयो भन्ने बारेम भने सधै सजग हुन्छन् ।उनीहरु काम गर्न मन पराउछन् र कसले कुन काम गर्छ,त्यसको आधामा सबैको मुल्याङकन गर्छन ।यहाका मानिसहरु सहजै साथी बन्दैनन् तर एक पटक विश्वास गरेपछि भने कहिले साथ छोड्दैनन ।
यहा हुर्कन निकै आनन्द छ । तपाईले आफ्नो भविष्यका बारेमा निर्णय लिन धेरै भन्दा धेरै समय लिन सक्नुहुन्छ । क्लाेपका दुई दिदिहरु, जसलाई उनी आमा पछिको आमा भन्न रुचाउछन् तर क्लोपलाई फुटबलसँग नजिक पु¥याउने काम भने उनका बुबा नोबर्टले गरे,जो एक सेल्सम्यानका साधै एमेच्योर टोलीका पूर्व गोलकिपर पनि हुन् ।
नोबर्टले क्लोपमा फुटबलको ज्ञान भर्ने काम गरे र प्रभाव पनि छोडे, क्लोपका पहिलो प्रशिक्षक उल्रिच रथ भन्छन्, बोबर्टट क्लोप ग्लाटनमा जन्मिएका होइनन् ।
उनी मेइन्ज नजिकैको रिनल्यान्ड प्लाटिनेटमा जन्मिएका हुन् । त्यहामा मानिसहरु मेला भर्न जान्छन् ।ग्लाटन र ब्लायक फरेस्टमा भने हामी त्यस्तो मेलामा खासै रमाउदैदौ ।नोबर्ट क्बलमा निकै खटिएका छन् ।पहिला उनको लगाव फुटबलप्रति थियो,पछि भने टोनिसमा ।योर्गान क्लोप आफ्ना बुबाबाट निकै प्रभावित भएका थिए ।जब योर्गान क्लोप हिडडुल गर्दथे तब म उनमा नोबर्ट देख्थे ।
क्लोप एसभप् ग्लाटनकाृ युवा टोलीका कप्तान थिए र उनी मिडफिल्डमा खेल्थे ।रथ क्लोपमा सुरुआती दिनबाटै टोली नेतृत्व गर्ने क्षमता भएको सम्झन्छन् ।
क्लोप मनमा लागेको कुरा खुलेर भन्थे,७९ वर्षे रथ भन्छन्, हाम्रो सम्बन्ध राम्रो थियो ।उनी महत्वाकाक्षी थिए ।उनी सधै अन्य टोली सदस्यलाई हौसला बढाउने काम गर्दथे ।
सन् २०११ मा क्लोपले बोरुसिया डर्टमन्डलाई बुन्डेसलिगाको उपाधि दिलाए ।चर्को समर्थन र होहल्लाबिच क्लोपले बाल्यकालक साथीहरुसँग भेट्नुका साथै स्टेजमा गएका थिए ।
एक क्षण उनी क्लब प्रशिक्षकको रुपमा देखा पर्थे भने एक क्षण उनी आफ्ना बाल्यकालका साथीहरुसँग ठट्टा गर्न पुग्दथे हंस सम्झन्छन् । यता क्लोपका प्रशिक्षक रथले उनको प्रशिक्षण यात्राका बारेमा धेरै बुझेका त छैनन तर आफ्नो ७५ औं जन्मदिनमा क्लोपले फोन गर्दा भने क्षण उनका लागि सधै अविश्मरणिय रहन्छ । उनले मलाई बधाई दिए र शुभकामना पनि दिए, त्यो पल सम्झदा भावुक बनेका रथ भन्छन्, यो उनको घर हो र उनले यो कहिले बिर्सिएका छैनन ।
ग्लाटन छोडेपछि क्लोपले अन्य स्थानिय क्लबाट समेत खेले । सन् १९९० मा उनी मिचेल सुमाचरको कप्तानीमा रहेको दोस्रो श्रेणीको टोली मेन्जमा पुगे । क्लोप त्यो समय विद्यार्थी थिए तर उनी परिपक्क देखिन्थे,सुमाचरले भने, सधै जिन्स र टिसर्टमा देखिन्थे ।उनी कहिले पनि तनाबमा देखिएनन् ।उनी सुरुमा स्ट्राइकर थिए ।तर उनी प्राबिधिक रुपमाा केही कमजोर देखिन्थे ।उनका लागि निकै कठिन समय थियौ । उनी मैदान प्रवेश गर्दा समर्थक उनकाविरुद्ध नाराबाजी लगाउथे ।
प्रशिक्षक उल्फग्याङ फ्रयांकको प्रशिक्षणमा भने क्लोप मेइन्जमा सफल खेलाडीको रुपमा गनिए ,जहा उनले एक दशकको बसाईमा ३ सय २५ खेल खेले । सन् २००१ फेब्रुअरीमा मेइन्ज तेस्रो श्रेणीमा घटुवा हुनेको संघारमा थियो ।क्लब मालिक हाराल्ड स्टुचले क्लोपलाई प्रशिक्षकको जिम्मेबारी दिए । हामीले लगातार तीन प्रशिक्षक परिवर्तन ग¥यौ,स्टुचले भने, महत्पूर्ण खेल थियो ।कोही पनि हामीलाई सहयोग गर्न तयार थिएनन्, त्यसैले मैले क्लोपलाई प्रशिक्षणको जिम्मेबारी दिए उनमा मैले एक सफल प्रशिक्षकको सम्भावना देखेको थिए ।
क्लोपको प्रशिक्षणको पहिलो खेलमाा मेइन्जले डुसिबर्गलाई हरायो ।त्यसपछि खेलिएका ७ खेलमा ६ खेल जित्दै मेइन्जले रेलिगेशन संघार टारेको थियो ।त्यसपछिका लगातार दुई सिजन मेइन्जले बुन्डेसलिगमा उक्लने संघारमा पुगेपनि दुवै पटक लिगको अन्तिम दिन असफल भयो । सबै रोइरहेका थिए,तर क्लोपले सबैलाई अर्को पटक पहिलो श्रेणीमाा उक्ल्निेमा विश्वस्त रहन सबैलाई अपिल गरेका थिए,दोस्रो पटकको असफलतापछि क्लोपले दिएको प्रतिक्रिया सम्झिदै स्टुचले भने।
त्यसलगत्तैको अर्को सिजनमा मेइनज बुन्डेसलिगमा उक्लियो । त्यो क्लब इतिहासकै अहिले सम्मकै सम्झनलायक क्षण थियो,स्टुचले भने, क्लोले सधै मसँगको भेटमा हामी बुन्डेसलिगामा उक्लिन्छौ भन्ने गर्थे । मेइन्जले क्लोपको प्रशिक्षणमा तनि सिजन बुन्डेसलिगा खेल्यो ।२००८ मा उनले मेइन्ज छोडे,जहा मैदानमा उपस्थित करिब ८० हजार दर्शकले उनको भव्य बिदाई गरेका थिए ।
डर्टमन्डमा आबद्ध भएको ४ सिजन पछि उनले टोलीलाई बुन्डेसलिगा च्याम्पियन बनाए । २०१२ मा क्लबले बुन्डेसलिगाका साथै जर्मन कपको समेत उपाधि जित्यो ।
क्लोप २०१५ मा प्रशिक्षण सम्हाल्न एन्फिल्ड पुगे ।गत सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग १ अंकले पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाएको लिभरपुलले च्याम्पियन्स लिगमा टोटेनह्यामलाई निराश पार्दै छैटो पटक युरोपियन च्याम्पियन बनाए ।
३० वर्षपछि लिभरपुल अहिले प्रिमियर लिग उपाधि को संघारमा छ । जसले क्लोपको प्रशिक्षणलाई थप उचाइमा पु¥याउनेमा दुबिधा छैन । एजेन्सी