लन्डन, चैत १७ : फरारी बोस माटिया बिनोटोले २०२० को सिजन अर्को वर्षको जनवरी सम्म लम्बाउन सकिने बताएका छन् । सिजनको सुरुआती ८ रेसहरु रद्द भइसकेका छन् । जुलाईमा आयोजना हुने ब्रिटिस ग्रान्ड प्रिक्सपनि हुने नहुने अन्योलमा छ । बिनोटोले आफुहरु निरन्तर टोलीहरुसँग संवादमा रहेको बताएका छन् ।
हामी धेरै विकल्पका बारेमा सोचिरहेका छौ,छोटो विश्रामपछि नै रेस संचालन गरिहाल्ने, शुक्रबारको अभ्यास सत्र छोट्याएर जनवरीमा पनि दुई तीन वटा रेस गराउने बारे सोचिरहेका छौ ।
यस सिजनको फाइनल रेस नोभेम्बर २९ मा अबुधाबी जिपीमा तयार गरिएको छ । हामीले सोचेका विकल्पहरु यिनै हुन्,हामीले यसको सम्पूर्ण जिम्मा फर्मुला वानका अध्यक्ष क्यारेलाई दिएका छौ,उनले भने ।
केही दिनअघि क्यारेले जारी सिजन छिट्टै सुरु हुने आशा व्यत्त गरेका थिए । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले सम्पूर्ण खेल गतिबिधी शुन्य छ । त्यसैले २०२० को विश्व च्याम्पियनसिप हुने वा नहुनेमाा अझै अन्यौलता छ । एजेन्सी