युइएफएको सिजन अन्त्य हुन सकेन
सोमबार, चैत १७, २०७६ मा प्रकाशित

लन्डन, चैत १७ : युइएफएका अध्यक्ष एलेन्जेन्डर सिफ्रिनीले जुनको अन्त्यमाा पनि अहिले रोकिएका फुटबल गतिबिधी पुन सुचारु नभए जारी सिजन त्यसै अन्त्य हुने प्रतिक्रिया दिएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर अहिले सबै खेलकुद गतिबिधी शुन्य छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जापानका प्रधानमन्त्री सिन्जो आबेको सिफारिसमा टोकियो ओलम्पिक २०२० एक वर्षका लागि पछि सारेको थियो भने युएइफएले यसअघि नै युरो कप २०२० एक वर्षपछि सारिसकेको छ ।
त्यस्तै युरोपमा पनि फुटबल गतिबिधी पनि शुन्य छ ।

हामीले सिजन पुन सुचारु गर्न सकेनौ भने त्यसै सिजनको अन्त्य हुन्छ,उनले भने, हामीले प्लान ए बि र सी तयार पारेका छौ । पहिलाे उपाय भनेको मे को मध्यमा खेल सुरु गर्ने, दोस्रो जुनको सुरुआतमा र अन्तिम भनेको जुनको अन्त्यमा छ ।हामी क्लबहरुसँगको छलफलपछि थप निर्णय लिनेछौ ।

युरोपका प्राय सबै लिगहरुमा अन्तिम चरणका ९ खेलहरु मात्र बाकी छन् । इङल्यान्डमा अप्रिल ३० सम्मका लागि फुटबल गतिबिधीमा रोक लगाइएकाृ छ ।
सिफ्रिनीले बन्द रंगशालमा खेल खेलाएर भएपनि सिजनको अन्त्य गर्ने बताए ।

हामी बन्द रंगशालमा भए पनि खेलाउन तयार छौ तर हामीलाई त्यसबेला सम्ममा लिग नै संचालन हुन्छ वा हुदैन थाहा छैन।त्यसका साथै दर्शकको हकमा के हुने भन्ने पनि थाहा छैन,उनले भने, हामीले सोचेको कुनै पनि विकल्प काम लागेन भने च्याम्पियनसिप अन्त्य गर्नु नै उत्तम हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर