स्टिभ स्मिथ कप्तानीमा पुन: फर्किए पायनेको समर्थन
बुधबार, चैत १९, २०७६ मा प्रकाशित

सिड्नी, चैत १९ : अस्ट्रेलियाका टेस्ट कप्तान टिम पायनेले पूर्व कप्तान स्टिभ स्मिथ कप्तानीमा पुन: फर्किए आफ्नो पूर्ण समर्थन रहने बताएका छन् । ३५ वर्षे पायनेले मार्चमा तत्कालिन कप्तान स्मिथ एक वर्षको प्रतिबन्धमा परेसँगै टेस्ट टोलीको कप्तानीको जिम्मेवारी पाएका थिए ।

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट दौरान बल टेम्परिङ गरेको भन्दै स्मिथसँग उपकप्तान डेविड वार्नर एक वर्षको र ओपनर क्यामरुन बेनक्रफ्ट ९ महिनाको प्रतिबन्धमा परेका थिए । ३० वर्षे स्मिथले पुनरागमन गरेको पहिलो टेस्टमै अस्ट्रेलियाले इङल्यान्डविरुद्धको एसेस शृंखला जितेको थियो । हालै मात्र कप्तानीमा उनीमाथि लगाइएको दुई वर्षको प्रतिबन्ध पनि सकिसकेको छ ।

उनी आइपिएलमा राजस्थान रोयल्सको कप्तान छन् ।कप्तानी उनलाई मनपर्छ,पायनले भने, स्थिमले कप्तानीमा पुनरागमन गर्न चाहेमा म उनलाई पूर्णरुपमा समथृन गर्छु ।
पायनले कप्तानी सम्हालेपछिका १६ टेस्ट मध्ये अस्ट्रेलियाले १० मा जित,६ मा हार र १ मा बराबरीको नतिजा ल्याएको छ ।

स्मिथले अस्ट्रेलियालाई २०१४ देखी २०१८ सम्म ३६ टेस्टमा कप्तानी गरेका छन् ।जसमध्ये अस्ट्रेलियाले कीर्तिमानी १८ जित,१०हार र ६ मा बराबरीको नतिजा ल्याएको थियो । स्मिथले एसेसमा १ सय १० दशमलब ५७ को औसतमा ७ सय ७४ रन प्रहार गरेका थिए । अस्ट्रेलियाले जुनमा दुई टेस्ट शृंखलाका लागि बंगलादेश भ्रमण गर्ने तालिका रहेको छ । यद्धपी पायनले कोरोना भाइरस संक्रमणको त्रास समाप्त नभएमा त्यो भ्रमण रद्द हुन सक्ने समेत बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर