लन्डन, चैत २० : विश्वभर महामारीको रुपमाा फैलिएको कोरोना भाइरसका कारण युइएफएले अर्को सुचना जारी नभएसम्मका लागि च्याम्पियन्स लिग र युरोपा लिगका सम्पूर्ण खेलहरु हालका लागि रद्द गरेको छ । जुन सम्मका लागि सम्पूर्ण घरेलु प्रतियोगिताहरु यसअघि नै रद्द भैसकेका छन् । त्यस्तै युरो कप २०२० को प्लेअफका खेलहरु पनि रोकिएको छ । युइएफएले यसअघि नै युरोकप २०२० एक वर्षपछि सार्ने निर्णय गरिसकेको छ ।
बुधबार युइएफएका ५५ राष्ट्रसम्मेलित बैठकले यस्तो निर्णय गरेको हो । इङलिस प्रिमियर लिगका खेलहरु पनि अप्रिल ३० सम्मका लागि रोकिइसकेको छ । युरो २०२० को प्लेअफका खेलमा नर्दर आयरल्यान्ड, दि रिपब्लिक अफ आयरल्यान्ड र स्कटल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका थियो । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी अझै च्याम्पियन्स लिगमा छन् भने म्यानचेस्टर युनाइटेड,उल्भरह्यामटन र स्कटिस प्रिमियरसिप साइड रेन्जर्स अझै युरोपा लिगमा छन् ।
मे का लागि तय भएको च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियन्स लिगका फाइनल खेलहरु पनि यसअघि नै रद्द भइसकेका छन् । युइएफका अध्यक्ष एलेन्जान्डर सिफ्रिनले जुनको अन्त्य सम्म प्रतियोगिता सुचारु नभएमा सिजनै अन्त्य हुन सक्ने बताइसकेका छन् ।
हामीले सिजन पुन सुचारु गर्न सकेनौं भने त्यसै सिजनको अन्त्य हुन्छ, उनले भनेका थिए, हामीले प्लान ए बि र सी तयार पारेका छौं । पहिलो उपाय भनेको मे को मध्यमा खेल सुरु गर्ने, दोस्रो जुनको सुरुआतमा र अन्तिम भनेको जुनको अन्त्यमा छ । हामी क्लबहरूसँगको छलफलपछि थप निर्णय लिनेछौं ।
सिफ्रिनीले बन्द रंगशालमा खेल खेलाएर भएपनि सिजनको अन्त्य गर्ने बताएका थिए । ‘हामी बन्द रंगशालमा भए पनि खेलाउन तयार छौ तर हामीलाई त्यसबेला सम्ममा लिग नै संचालन हुन्छ वा हुदैन थाहा छैन । त्यसका साथै दर्शकको हकमा के हुने भन्ने पनि थाहा छैन’, उनले भने, ‘हामीले सोचेको कुनै पनि विकल्प काम लागेन भने च्याम्पियनसिप अन्त्य गर्नु नै उत्तम हुन्छ ।’ एजेन्सी