शनिबार, चैत २२, २०७६
मा प्रकाशित
0
Shares
अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो । बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो ।
कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथ सँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो ।
समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् । एजेन्सी