बारा, चैत २५ : सिम्रौनगढ नगरपालिकाले लकडाउनका कारण प्रभावित भएकाहरुलाई सोमबार देखि खाद्यान्न वितरण शुरु गरेको छ। कोरोना भाइरसलाई नियन्त्रण गर्न उदेश्यले दुई हप्ता देखि जारी लकडाउनका कारण नगरपालिका क्षेत्रमा बसोबार गर्ने गरिब, दलित लगाएतका धेरै स्थानीयहरु प्रभावित भए पछि सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकरा यादवको नेतृत्वमा खाद्यान्न बितरण शुरु गरिएको हो ।
सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकर यादवले दैनिक ज्यालादारी गरिरहेका र आर्थिक अवस्था कमजोर भएकाहरुको हातमुख जोडने समस्य भएको देखेर नै खाद्यान्न बितरण गरिएको बताए। अहिले दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था कमजोर भएका हजारौ स्थानीयहरु धेरै दिनसम्मको लकडाउनले खाना समस्या भएको र उनीहरुलाई पहिलो प्राथ्मीकता दुई छाक राम्रोसँग खान दिन जरुरी देखेर नै नगर कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समाग्री दिन शुरु गरिएको प्रमुख यादवले बताए।
११ वटा वडाहरुमा रहेको लगभग सात हजार घर धुरीलाई २५ किलो चामल, दुई किलो दाल, पाँच किलो आलु, दुई किलो आयोडिन नुन र एक लिटर खाने तेलको दरले खाद्यान्न बितरण गरिएको प्रमुख यादवले बताए। वाड नम्बर १ बाट खाद्यान्न समाग्री बितरण गर्न शुरु गरिएको पनि सबै वडाहरुमा बितरण गर्ने खाद्यान्न तयारी अवस्थामा राखिएको यादवले बताए।
रामसागरा घाटका रामचन्द्र मुखिया बिनले दुई हप्ता देखि काम गर्न नगएको अवस्थामा घरमा भएको खाने कुराहरुको अभाव भएको अवस्थामा नगरपालिकाले बितरण गरेको खाद्यान्य समाग्रीले धेरै राहत पुगेको बताए।
खाद्यान्न समाग्री बितरण गर्नु पहिला पनि कोरोना भाइरसबाट नगर क्षेत्रका स्थानीयलाई सुरक्षित राखन नगरप्रमुख यादवले आफ्नै मजदुरहरुसँग खटेर सेनेटराइज छर्नेै कार्य समेत गर्दै आएका छन्।