कोरोनाविरुद्धको खोप बनाउनेलाई पोर्न स्टारको अनौठो अफर
मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित

चीनको वुहानबाट सुरु भइ विश्वभर तहल्का मच्चाईरहेको कोरोनाभाइरस (कोभिड १९) का कारण ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने लाखौ संक्रमित भइसकेका छन्।

उक्त प्राणघातक कोरोनाको महामारीबाट बच्न  धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन।  कोरोनाको प्रकोप अहिले विश्वका २ सय बढी देशमा फैलिइसकेको छ र अझैं पनि बढ्दो क्रममै रहेको छ।

विभिन्न देशका बैज्ञानिकहरुले कोरोनाको भ्याक्सिन खोज पत्ता लगाउन लागिपरेका छन । तर अहिलेसम्म सफलता मिलन सकेको छैन । यहींँ सन्दर्भमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन तल्लीन वैज्ञानिक, डाक्टर तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्न भन्दै एक पोर्न स्टारले अनौठो प्रस्ताव गरेकी छिन्।

उनको त्यस्तो अनौठो प्रस्तावलाई वेलायतबाट सञ्चालित डेलीस्टार डट को डट युकेले प्रकाशन गरेको छ। डेलीस्टारमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ। वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन्।

लोला टेलरले भनेकी छिन्, ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु।’ उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ।

सबैजना चिन्तित छन्। उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। बाहिर निस्किए आफू पक्राउ पर्ने भएकाले कोठाभित्रै बस्नुपरेको बताएकी छिन्। सबैतिर लकडाउनका कारण विश्वका करोडौं मानिस बन्द कोठाभित्र बस्न बाध्य छन्। उनी मास्कोमा एक्लै बस्दै आएकी छन्।

लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो। उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन्। लोला रूसकी हुन्। अहिले उनी यो घोषणाको कारण चर्चामा छिन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर