अहिले फुटबल गतिबिधी सुचारु गर्नु गैरजिम्मेबार कदम
शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित

पेरिस, चैत २८ : फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अहिले हतारमा फुटबल गतिबिधी सुचारु गरिनु मुर्खता र गैरजिम्मेबार कदम हुने प्रतिक्रिया दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिले सम्म करिब १ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।

बुन्डेससलगाले एक दिन अघि मात्र मे महिनामा रोकिएको लिग पुन सुचारु गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो ।त्यसका लागि शीर्ष क्लब बार्यन म्युनिख लगातायका क्लबका खेलाडीले प्रशिक्षकण समेत सुरु गरेको खबर सार्वजनिक भइसकेको छ ।

इन्फान्टिनोले भने अहिले कुनै पनि हालतमा फुटबल गतिबिधीलाई सुचारु गर्न सम्भव नभएकाले हतारमा निर्णय लिन नहुने बताएका हुन् । ‘अहिले एटटा देश र समुदाय भन्दा पनि विश्व नै कोरोना भाइरसबाट बाच्न संघर्ष गरिरहेको छ, इन्फान्टिनोले भने, त्यसैले हाम्रो प्राथमिकता भनेको खेल भन्दा पनि सबैको स्वास्थ हो । हामी स्वभाविक अवस्थामा नफर्किएसम्म कुनै पनि खेलकुद गतिबिधी बढाउनु गैरजिम्मेबार कदम हुनेछ । त्यसले झनै संकट खडा गर्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर