मइबासी,चैत २८ : टोकियो ओलम्पिक एक वर्षपछि सरेसँगै धेरै खेलाडीहरुका लागि त्यो खल्लो बन्यो तर जापानकै एक सहरमा अभ्यास गरिरहेका साउथ सुडानका स्प्रिन्टरर्सले भने यो समयलाई आफुलाई अझै अब्बल बनाउने सुबर्ण अवसरको रुपमा लिएका छन् ।
मइबासीमा दक्षिण सुडानका अभ्यास गरिरहेका ४ धावक र एक प्रशिक्षकले नोभेम्बरबाट अभ्यास गर्र्दै आएका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण जापानका साथै अन्तर्राष्ट्रिय ओलम्पिक माथी प्रतियोगिता सार्न दबाब परेको थियो ।सुरुमा कुनै प्रतियोगिता सार्न नमानेपनि अन्य सहमागी राष्ट्रले प्रतियोगिता बहिस्कार गर्ने धम्की दिएका थिए ।
प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अभ्यक्ष थोमस बाच टोकियो ओलम्पिक २०२० सार्न सहमत भएका थिए ,। आइओसीले ओलम्पिकको नयाँ मिति २०२१ को जुन तोकिसकेको छ ।
टोकियो ओलम्पिक २०२० पछि सरेको छ तर यो कुनै समस्या होइन, टोली प्रशिक्षक जोसेफ रेनिसो तोबिया ओमिरोकले भने, म खुशी छु किनभने अन्य राष्टमा अहिले अभ्यास सम्भव छैन ।खेलाडीहरु घरमै बस्न बाध्य छन् तर याहा हामीले अभ्यास गर्न पाइरहेका छौ र अभ्यास पनि राम्रो भइरेको छ ।
विश्वका सबै जसो राष्ट्रैमा लकडाउन लाग्दा जापानले भने मंगलबारमात्र टोकियो लगातयका केही सरहमा सकटकाल घोषणा गरेको थियो ।तर मेइबासीमा भने कुनै अबरोध छैन । घरेलु मैदानमा अभ्यासका लागि एउटा ट्रयाक समेत नभएपछि दक्षिण सुडानका खेलाडीलाई मेइबासीले अभ्यासको व्यवस्था मिलाइदिएको छ ।
मलाई जापान आउनुअघि यहाका मानिसहरु यती दयालु र सहयोगी छन् भन्ने थाहा थिएन, १५ सय मिटरका धावक २० वर्षे अब्राहिम माजोक माइट ग्वेयमले भने, म याहा रमाइरहेको छु । मैले सोचेको भन्दा राम्रो सुबिधा पाइरहेको छु ।त्यसैले घरबाट बाहिर रहेपनि मलाई यो नै घरेलु मैदान जस्तो लाग्न थालेको छ ।
मेइबासी सरहले यी खेलाडी र प्रशिक्षकलाई जुन सम्मको लागि बसोबास अभ्षस र खानपिनको व्यवस्था गर्नका लागि च्यारिटीमार्फ १८ मिलियन यन संकलन गरिसकेको जनाएको छ । हामी उनीहरुलाई निरन्तर सहयोग गर्न पाउदा खुशी छौ। मेइबासी सरकारका खेलकुद पदाधिकारी सिनिची हागीबाराले भने ।
अहिले मानिसहरु दक्षिण सुडान जान डराउछने तर हामीलाई आशा छ आगामी दिनमा हाम्रो देशमा शान्ती आउने छ र सबैले विना डर घुमघाम गर्नेछन्,ग्वेमले भने, हामी त्यो समयमा मेइबासीका मानिसहरुलाई स्वागत गर्न आतुर हुनेछौ ।
मेरो सपना एक पटक ओलम्पिककाे पदक विजेता खेलाडी बन्नु हो,उनले थपे, म अभ्यासलाई निरन्तरता दिन्छु र आशा छ म एक दिन अवश्य च्याम्पिन बन्ने छु ,।मसँग अझै समय बाकी छ । एएफपी