बार्सिलोनाका ६ बोर्ड सदस्यले पदबाट राजीनामा
सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित

मड्रिड, वैशाख १ : स्पेनिस ला लिगा क्लब बार्सिलोनाका ६ बोर्ड सदस्यले क्लबको काम प्रति असन्तुष्टी जनाउदै पदबाट राजीनामा दिएका छन् । साथै उनीहरुले क्लब अध्यक्ष जोसेफ मारिया बार्टमेउको कार्यकालप्रति समेत प्रश्न उठाएका छन् ।

साथै उनीहरुले फेब्रुअरीमा क्लबका खेलाडीमासथ सामाजिक संजालमा एकतर्फी आलोचना भएपनि क्लबले त्यसमा कुने कदम नचालेको समेत अरोप लगाएका छन् ।उनीहरुले क्लबका नयाँ अध्यक्षका लागि निर्वाचन हुनु पर्ने समेत माग राखेका छन् ।

क्लबका दुई उपाध्यक्ष इमिल रोसाउद र इनरिके थोम्बासका साथै बोर्ड सदस्य साल्भियो इलियास,जोसेफ पोन्ट,जोर्डी काल्सामिग्लया र मारिया टेसिडोरले पदबाट राजीनामा दिएका हुन् ।

हामीले धेरै पटक सचृत गराएपनि क्लब कहिले सुर्धिएन । अध्यक्षको मनोमानीमाम क्लब एकलौटी ढंगले अघी बढ्यो, त्यसैले हामी यो कदम चाल्न बाध्य भयौ,उनीहरुले संयुत्त रुपमा जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, हामी छिटो भन्दा छिटो अहिले भएको क्लबको केन्द्रिय समिती भंग गर्दै तत्काल नयाँ निर्वाचन गराइयोस भन्ने चाहान्छौ ।

बार्सिलोनाले ६ जना पदाधिकारीले राजीनामा दिएको पसष्टप् गर्दै अबको केही दिनमा निर्णय सार्वजनिक गरिने बताएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर