लन्डन, वैशाख १ : आर्सनलका पूर्व प्रशिक्षक युनेइ इमिरेकी पूर्वप्रेमिकाले उनी क्लबबाट बर्खास्तमा परेपछि त्यसको आरोप आफुलाई लगाएको खुलासा गरेकी छिन् । नोभेम्बरमा लगातारको खराब प्रदर्शनपछि दबाबमा परेका इमिरे युरोपा लिगमा इन्ट्रयाक्ट फ्रयांकफर्टसँग २—१ ले निराश भएपछि बर्खास्तमा परेका थिए ।
पहिलो कार्यकालमा भने इमिरेले आर्सनललाई युुरोपिपा लिगको फाइनलमा पुर्याउनुका साथै टोलीको अपराजित यात्रा लगातार ११ खेल सम्म कायम गर्दै सुखद संकेत गरेका थिए ।
तर ड्रेसिङ रुपमा आत्मविश्वास गुमाउनुका साथै पत्रकारहरुको प्रश्नको समेत चित्त बुझ्दो जबाफ दिन नसकेका इमिरे केही समय निकै तनाबमा समेथत देखिएका थिए ।
इमिरेकी पूर्वप्रेमिका सान्चा राइटले आफुहरु दुई वर्ष सम्बन्धमा बसेको र इमिरेले पद गुमाएपछि त्यसको सबै दोष आफुमाथी लगाएको दाबी गरेकी हुन् ।
अग्रेजी भाषामा कमजोर रहेको इमिरेले आफुसँग कुरा गर्न पनि गुगल ट्रान्सलेटको साहारा लिने गरेको समेत बताएकी छिन् । ३५ वर्षिया राइटले इमिरे सम्बन्धमा जिम्मेबार नभएको भन्दै सेप्टेम्बर २०१९ मा सम्बन्ध टुटेको बताइन् । त्यसको दुई महिनापछि नेै इमिरे बर्खास्तगीमा परेका थिए ।
बर्खास्तगीमा परेपछि उनले मलाई पटक पटक त्यसको दोष मलाई लगाइरहे । मलाई उनले अनेक आरोप लगाए । उनी मेरै कारणले उनको खराब दिन सुरु भएको बताउथे ।सम्बन्ध छुटेपछि उनलले आरोप लगाएका हुन् ।
सन् २०१८ मा आर्सेन वेंगरले छोडेपछि इमिरे इमिरेटस्मा भित्रिएका थिए ।त्यसपछि यी दुईको भेट भएको थियो । हामी विवाह गर्ने योजनामा समेत थियौ,उनले थपिन्, तर इमिरेले म माथि विश्वासघात गरे ।उनी कहिले पनि सम्बन्धमा गम्भिर भएनन् । एजेन्सी