मिडफिल्डर पाउल पोग्बाले मैदान फर्कने
सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित

लन्डन, वैशाख १ : चोटका कारण सिजनको अधिकांश समय बेन्चमा बस्न बाध्य भएका म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफु मैदान फर्कन आतुर रहेको बताएका छन् ।

सिजनको सुरुआतमै खुट्टाको चोटका कारण केही खेल गुमाएका फ्रान्सेली खेलाडी पोग्बा चोटकेै कारण डिसेम्बर २६ बाट मैदान बाहिर रहदै आएका छन् । पोग्बाले लामो समय मैदान बाहिर बस्दा निराश भएको र महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको क्रास हटेपछि टोलीसँगै अभ्यासमा फर्कन समेत आतुर रहेको बताएका हुन् ।

म टोलीसँगै अभ्यास गर्न र खेल्न आतुर छु । आशा छ परिस्गिथती छिट्टै सामान्य बन्नेछ,पोग्बाले भने । यस सिजन ८ खेल मात्र खेलेका विश्व विजेता पोग्बाले जनबरीमा शल्यक्रिया गरेका थिए ।

नराम्रो लागेको तर किनभने म खेल जीवनमा कहिले पनि यती लामो समय मैदान बाहिर बसेको थिइन तर पनि मलाई पूर्ण रुपमा फिट हुदै मैदान फर्कन भने मैले धेरै समय पाएको छु,पोग्बाले थपे, म मैदान फर्कन आतुर छु । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर