लन्डन, वैशाख ६ : युइएफएले यस सिजनको च्याम्पियन्स लिगको फाइनल अगस्ट २९ मा गर्ने गरि तयारी अगाडी बढाएको छ । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वभर खेलकुद गतिबिधीमा प्रतिबन्ध लगाइएको छ । युइएफएले यो सिजनको च्याम्पियन्स लिगलाई कसरी अघि बढाउने भन्ने बारे आफ्ना सदस्य राष्ट्रसँग अप्रिल २३ मा भिडियो कन्फरेन्स मार्फत छलफल गर्ने जनाएको छ ।
युएइफएले सदस्य राष्ट्रहरुबिच अगस्ट सम्म भएपनि यो सिजन अन्त्य गर्न मौखिक सहमती भएपनि सम्बन्धि राष्ट्रले त्यहा जारी लिगको व्यवस्थापन कसरी अघि बढाउछ भन्ने बारे अझै अन्यौल रहेको बताएको छ ।
युइएफएले गरेको प्रस्ताव पारित भएमा अगस्ट २९ मा इस्तानबुलमा च्याम्पियन्स लिगको फाइनल हुनेछ । त्यसको तीन दिन अघि ग्डांक्समा युरोपा लिगको फाइनल हुनेछ ।त्यसका लागि युइएफए सामु दुई विकल्प हुनेछ ।
दुवै प्रतियोगिताका क्वारफाइनल देखीका खेलहरु बाकी छन । त्यसैले ती चरणका खेलहरु दुई लिगका हुने वा एक मात्र लिग हुने भन्ने अझै निर्णय भैसकेको छैन । युरोपका शीर्ष लिगहरु पनि कोरोना भाइरसकै कारण रोकिएको छ ।
त्यसैले ती लिगहरु समाप्त भएपछि मात्र च्याम्पियन्स लिग र युरोपा लिग गर्ने वा पहिलेको जस्तै स्वभाविक रुपमा सबै प्रतियोगिता अघि बढाउने भन्ने बारे छलफल जारी रहेको युएएफएले जनाएको छ । च्याम्पिन्स लिगमा अहिले सम्म ४ टोलीले क्वाटरफाइनलको टिकट काटिसकेका छन् ।त्यस्तै युरोपा लिगमा पनि अन्तिम १६ का दोस्रा् लेगका खेलहरु बाकी छन् । एजेन्सी