आइतबार, बैशाख ०७, २०७७
मा प्रकाशित
0
Shares
भारतमा मास्क नलगाएको भन्दै छोराको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पश्चिम बंगालमा मास्क नलाएको भन्दै छोराको हत्या गर्ने ७८ वर्षीय श्यामपुकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले शनिबार साँझ ४५ वर्षीय छोराको हत्या गरेको भारतीय मिडियाले जनाएका छन् । उनले कपडाले थिचेर छोराको हत्या गरेको प्रहरी समक्ष बयान दिएको बताइएको छ ।
पटक पटक सम्झाउँदा पनि सधैं मास्क बिना नै घर बाहिर जाने गरेकाले उनले छोराको हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।