लन्डन, वैशाख ९ : इङल्यान्ड र म्यानचेस्टर युनाइटेडका कीर्तिमानी गोलकर्ता वाइने रोनीले आफुले धेरै गोल गरे पनि आफु उत्कृष्ट फिनिसर भने नरहेको बताएका छन् ।
रोनीले २ सय ५३ गोलका साथ सर बबी चार्लटनको युनायटेडको सर्वकालिन गोलकर्ताको कीर्तिमान तोडेका थिए । साथै उनले इङल्यान्ड राष्ट्रिय टोलीका लागि समेत कीर्तिमानी ५३ गोल गरेका थिए ।
यसले सबैलाई अचम्मित बनाउन सक्छ तर म अग्रपत्तिमा उत्कृष्ट फिनिसर भने होइन, रोनीले भने, म कहिले पनि ग्रे लिंकर वा रुड भान निस्टलरोयजस्तो भइन ।
१६ वर्षको उमेरबाट प्रिमियर लिग क्लब एभर्टनबाट फुटबल करियर सुरु गरेका रोनी सन् २००४ मा ओल्ड ट्राफोर्डमा आबद्ध भएका थिए ।जाहा उनले युनाइटेडका लागि ५ सय ५९ खेल खेलेका थिए । इङल्यान्ड राष्ट्रिय टोलीका लागि भने उनले १ सय २० खेल खेलेका छन् ।
मैले इङल्यान्ड राष्ट्रिय टोली र म्यानचेस्टर युनाइटेडका लागि कीर्तिमानी गोल गरेको छु र मलाई यसमा गर्व छ । तर पनि दुवै टोलीमा म भन्दा अझै उत्कृष्ट स्ट्राइकर आउन सक्थ्यो,उनले भने, म उत्कृष्ट स्ट्राइकर होइन, तर पनि म कीर्तमानी गोलकर्ता बने । यो सबै समयको कुरा हो ।मैले युनाइटेडको लागि १३ वर्ष र इङल्यान्डको लागि १५ वर्ष खेले ।त्यसैले मसँग दुवै टोलीमा रहेको कीर्तिमान तोड्न प्रर्याप्त समय थियो । मैले अझ धेरै गर्न सक्थे ।
रोनी अहिले डर्बी काउन्टीमा खेलाडसँगै प्रशिक्षक पनि हुन् । रोनीले इङल्यान्ड राष्ट्रिय टोलीका लागि अब स्ट्राइकर ह्यारी केनले आफ्नो प्रभाव छोड्न सक्ने बताए ।
इङल्यान्ड राष्ट्रिय टोलीमा रहेको मेरो कीर्तिमान तोड्न केनले धेरै समय नलाग्न सक्छ,उनले भने, त्यो मेरा लागि गर्वको समय हुनेछ ।मेरो रोजाईमा उनी सधै पहिलो रोजाईका स्टइकर हुनेछन् ।
रोनीले युनाइटेडमा रहेको आफ्नो कीर्तिमान भने अझै लामो समय कायम रहने बताए ।
कुनै पनि खेलाडी एकै क्लबमा लामो समय बस्दैन,त्यसैले युनाइटेडमा मेरो कीर्तिमान लामो समय सम्म रहनेछ,रोनीले भने, लियोन मेसी र क्रिस्टियानो रोनाल्डो कुनै दिन अपत्यासित सम्झौताका साथ युनाइटेड भित्रिएमा भने त्यो कीर्तिमान ३ वा ४ सिजनमा तोडिन सक्छ । एजेन्सी