काठमाडौं, वैशाख ११ : चीनको वुहानबाट विश्वव्यापी रुपमा तहल्का मच्चाइरहेको प्राणघातक कोरोना भाइरस कोभिड – १९ बारे पहिलोपटक फिल्म बनेको छ। विश्वभर कोरोना भाइरसको महामारीले आक्रान्त बनिरहेको बेला सोही महामारीसम्बन्धी पहिलो चलचित्र निर्माण गरिएको हो।
क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ एउटा डरलाग्दो भाइरस कोरोना चलचित्र निर्माण गरेका हुन्। गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन्।
लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ। कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको बीबीसी, द गार्जियन लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। डर नै भाइरस हो भन्ने मूल भाव बोकेको यस चलचित्रको ट्रेलर समेत सार्वजनिक भएको छ।
ट्रेलरमा देखाइए अनुसार केही व्यक्तिहरु लिफ्टबाट झरिरहेका हुन्छन्। लिफ्टमा रहेकी चिनियाँ महिलालाई खोकी लाग्छ, त्यहीँ बेला विद्युत जान्छ र लिफ्ट बन्द हुन्छ। लिफ्टभित्र रहेकाहरु त्यहीँ चिच्याउन थाल्छन्। एक जनाले बन्दुक निकाल्छ र खोकी रहेकी महिला रुन थाल्छिन्। यस्तै यस्तै कथाहरुबाट अघि बढेको यो चलचित्र कस्तो छ त्यो त रिलिज भएपछि थाहा हुने नै छ।
यस्तै कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ। अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो। जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
कोभिड-१९ का कारण एकैदिनमा दुई हजारभन्दा धेरैले ज्यान गुमाउने पहिलो देशको रूपमा अमेरिका देखा परेको केहीबेरमै धेरैलाई चिन्तित पार्ने यस्तो तथ्याङ्क बाहिर आएको हो। न्यू योर्कका गभर्नर एन्ड्र्यू कोउमोले शनिवार आफ्नो राज्यमा मृत्युको सङ्ख्या स्थिरतातर्फ गइरहेको देखिएको बताएका थिए।
कोरोनाभाइरसविरुद्धको औषधी परीक्षणको परिणाम ‘उत्साहजनक’ लकडाउन चाँडो खुला गरे कोरोनाभाइरसको घातक पुनरुदय हुने चेतावनी पछिल्लो २४ घण्टामा ज्यान गुमाएका ७८३ जनाको मृत्युलाई देखाउँदै उनले पछिल्ला केही दिनदेखि मृत्यु त्यही सङ्ख्याको आसपासमा रहेको जनाएका थिए। विशेषज्ञका अनुसार केन्द्रविन्दुको रूपमा रहेको न्यू योर्कमा सङ्क्रमण कम हुन थालेको छ ।
गभर्नर कोउमोले भने: “यी क्षति र पीडा चित्रण गर्ने अपत्यारिला सङ्ख्या हुन्।”
अमेरिकामा यस महामारीको केन्द्रविन्दु न्यू योर्क राज्य बनेको छ। अमेरिकाभर ५ लाख २० हजारभन्दा बढि सङ्क्रमित रहेकामा १ लाख ८० हजारभन्दा बढि न्यू योर्क राज्यमा छन्। ट्र्याक्टर ट्रेलरलाई न्यूनतम तापक्रममा राखेर अस्थायी शवगृह बनाइएको छ। शनिवारसम्म यस महामारीसँग जुझ्नका लागि सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लागु गरेको सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई एप्रिल ३० सम्म तोकिएका छन्। महामारीकैबीच पछिल्ला सातामा अमेरिकाको बिग्रँदो अर्थतन्त्रका कारण जागिर गुमाउने कम्तीमा एक करोड ६० मानिसहरूको दबाब खेपिरहेका छन्। ट्रम्पले शुक्रवार भने अवस्था सामान्यिकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूचि सहितको ‘आफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णय’ लिने बताएका थिए।
के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला कोरोनाभाइरसविरुद्ध बन्ने खोप धनी देशले थुपार्ने सम्भावना कति अमेरिकी संसद् कङ्ग्रेसमा कोभिड-१९ सँग जुझ्ने अर्को तहको आर्थिक राहतबारे बहस भइरहँदा ट्रम्पको त्यस्तो भनाइ आएको हो। डेमोक्र्याटहरूले नयाँ प्रस्तावित २५० अर्ब डलरको राहत कार्यक्रमले साना व्यवसायहरूलाई सहयोग गर्नुका साथै अस्पतालहरू र स्थानीय सरकारलाई थप आर्थिक सहायता दिनुपर्ने बताउँदै आएका छन्।
हेर्नुहोस यस्तो छ ट्रेलर