प्रिमियर लिग खेलाडीहरूको तलबमा ३० प्रतिशत कटौती
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

लन्डन, वैशाख १२ : इङलिस प्रिमियर लिग क्लब आर्सनलको पहिलो रोजाईको टोली र मुख्य प्रशिक्षक मिकेल अर्टेटा क्लबले गर्ने तलब कटौतीमा सहमत भएका छन् ।
विश्वभर कोरोना भाइरसको महामारीका कारण खेलकुद गतिबिधी रोकिएको र त्यसले आगामी दिनमा क्लबकाथि आर्थिका भार थपिने भन्दै प्रिमियर लिगले खेलाडीहरुको तलबमा करिब ३० प्रतिशत कटौती गर्ने प्रस्ताव अघि सारेको थियो ।

जसमा खेलाडीहरुले आफुखुशी निर्णय गरेको भन्दै असहमती जनाउदै आएका थिए ।आर्सनललका खेलाडी र प्रशिक्षकले तलबमा १२ दशमलब ५ प्रतिशत कर्टाैती गर्न सहमत भएका हुन् । त्यस्तै प्रशिक्षण टोलीका अन्य सदस्यको तलबमा पनि कटौती गरिएको छ ।आर्सनलले आगमी दिनमा फुटबल पुन सुचारु भएपछि अहिले काटिएको रकम भुत्तानी गर्ने समेत जनाएको छ ।

तर त्यसका लागि आर्सनलले खेलाडी र प्रशिक्षक सामु एउटा सर्त राखेको छ, प्रिमियर लिगको शीर्ष ४ मा बस्दै अर्को सिजनको च्याम्पियन्स लिगको टिकट काट्ने ।अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भएको खण्डमा उनीहरुले १ लाख युरो समेत बोनसका रुपमा प्राप्त गर्नेछन् ।साथै आर्सनलले च्याम्पिन्स mिलग जितेमा प्रत्येक खेलाडीले ५० हजार युरो र युरोपा लिग जितेको खण्डमा १ लाख युरो बोनस स्वरुप प्राप्त गर्नेछन् ।

कोरोना भाइरसका कारण फुटबल रोकिदा आर्सनलले प्रिमियर लिगको नवौ स्थानमा थियो ।१० खेल बाकी रहेको अवस्थामा आर्सनलल शीर्ष ४ भन्दा अंकले पछि थियो ।
क्लबले लिएको उदेश्यमा पुगेमा खेलाडीहरुले अहिले काटिएको बराबरको रकम प्राप्त गर्नेछन्,क्लब सफल भएमा क्लबको आम्दानी समेत बलियो हुनेछ,आर्सनलले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ,आशा छ सिजन पुन सुचारु हुनेछ र हामी शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनेछौ ।

यो हाम्रो अनुमान हो । त्यसले हामीले ब्रोडकास्टरबाट समेत साचेअनुरुपको प्रायोजक रकम प्राप्त गर्नेछौ । यसले टोलीमा सकारात्मक उर्जा प्रदान गर्नेमा समेत हामी विश्वस्त छौ । गत साता आर्सनललको बोर्ड सदस्यहरुले आगामी एक वर्ष तलब नलिने घोषणा गरिसकेका छन् ।

क्लबले यो महामरीको समयमा गरेको तलब कटौतीमा समर्थन गरेकोमा क्लब खेलाडी र प्रशिक्षण टोलीप्रति विशेष आभारी छ, आर्सनलले विज्ञप्त्तीमा भनिएको छ ।
यसअघि सोमबार सेफिल्ड युनाइटेडका म्यानेजर क्रिस वाइल्डर र क्लबका निर्देशक स्टेफिन बेटिस पनि तलब कटौतीमा सहमत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर