डिसिजन रिभ्यु सिस्टममा अम्पायरको निर्णय हटाइनु पर्ने
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

लन्डन, वैशाख १२ : पूर्व अम्पायर इयान गोल्डले डिसिजन रिभ्यु सिस्टम(डिआरएस)मा अम्पायरको निर्णय हटाइनु पर्ने बताएका छन् । सन् २००९ मा टेस्ट क्रिकेटमा पहिलो पटक प्रयोग गरिएको डिआरएस अहिले भने एक दिवसीय र ट्वान्टी २० संरचनामा पनि प्रयोग गरिदै आएको छ ।

गोल्डले विश्वभर डिआरएस प्रयोग हुने भएकाले एल्बीडब्लुको निर्णय अम्यारले लिनु नहुने बताएका हुन् । तवाईसँग डिआरएस सिस्टम विश्वभर उपलब्ध छ र तपाईले त्यसको प्रयोग गर्नु भयो भने अम्यारको निर्णयले त्यसमा कुनै अर्थ राख्दैन,२ सय ५१ अन्तर्राष्ट्रिय खेल खेलाएका गोल्डले भने ।

यदी खेलाडीले एल्बीडब्लुको रिम्यु लिदा बलको आधा भागले मात्र स्टम्प हिट गर्ने हो भने अनफिल्ड अम्पायरको निर्णय यथावत रहन्छ । तपाई ३७ वटा क्यामरा राखेर सबै निर्णयमा रिभ्यु दिन सक्नु हुन्न,त्यसमध्य केही निर्णय मात्र रिभ्यु मार्फत लिइन्छ,६२ वर्षे गोल्डले भने ।

महिला क्रिकेटको हकमा भने डिआरएस नियमित रुपमा प्रयोगमा ल्याइने गरेको पाइन्न ।अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा डिआरएसको प्रयोग गरिएपनि दुई राष्ट्रहरुबिच हुने शृंखलाहरुमा भने त्यसको प्रयोग गरिदैन । पुरुष क्रिकेटमा पनि आयरल्यान्डले पाकिस्तानविरुद्धको आफ्नो डेब्यु टेस्टमा डिआरएसका् प्रयोग गर्न सकेको थिएन ।

उनले क्रिकेटमा यस्तो प्रबिधीको प्रयोग हुदा अम्पायरहरु खुशी नभए पनि क्रमिक रुपमा त्यसमा अभ्यस्त हुदै गएको बताए । यदी ब्याटस्म्यान अघि बढ्छ र बलले उनको प्याडमा लाग्छ भने उनी नटआउट रहन्छन्,उनले भने, यो निर्णय प्रबिधीको विकाससँगै अहिले तपाईले प्रत्यक्ष हेर्न सक्नु हुन्छ ।मैले अम्यायर करियरको सुरुआत गर्दा यस्तो खाले निर्णय लिन कठिन हुन्थ्यो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर