लकडाउनमा नेयमार पियानो बजाउँदै
सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

ब्राजिल, वैशाख १५ : ब्राजिलका फुटबलर सुपरस्टार नेयमार जुनियर फुटबलमा मात्र नभइ पियानो बजाउन पनि उतिनै सिपालु रहेको प्रमाणित भएको छ ।

अहिले विश्वका धेरैजसो देशहरु लकडाउनमा छ । त्यस्तै ब्राजिल पनि लकडाउनमा नै छ । लकडाउनको फाइदा नेयमारले पियानो बजाएर लिदै आएका छन् । उनको लुकेर बसेको पियानो बजाउन कलालाई लकडाउनले बाहिर ल्याएको छ । उनले पियानो बजाएको एक भिडियो बाहिर आएपछि फुटबल नखेले पनि बेरोजगार भने नहुने अनुमान गरिएको छ ।

नेइमारले कोरोना भाइरसको महामारीमा पियानो बजाउनका लागि प्रशस्त समय पाएका छन् । २८ वर्षीय नेयमारले २ वटा गीतहरु सिकेको खबर द सनमा उल्लेख छ । उनी आफ्नो घर ब्राजिलमा मार्च महिनामा उडेका थिए । उनको घरमा ठूलो एरिया छ जसमा विभिन्न कृयाकलपहरु गर्न एकदमै सहज छ । उनको घरमा जिम, टेनिस कोर्ट, साउना, मसाज कोठा, स्पा र जाकुजी जस्ता धेरै अलग अलग खालका स्थानहरु छन् ।

त्यतिमात्र नभइ नेयमारको घरमा अन्डरग्राउण्ड क्षेत्र पनि छ । तर त्यति धेरै सुविधाहरुको बाबजुद पनि उनी फुटबल नहुँदा भने चिन्ताले ग्रस्त हुने गरेको स्वीकार गरिसकेका छन् । फुटबल खेलमा कहिले फर्कने भन्नेबारे चिन्तित रहेको उनले बताएका छन्। उनले फुटबल र फुटबलका साथीहरुको साह्रै याद आउने गरेको बताउछन् ।

नेयमार भन्छन् ‘दर्शकहरुले पनि फुटबल मैदानमा आफूलाई चाँडै देख्न चाहिरहेका छन् र जति सक्दो चाँडै नै म पनि मैदानमा आउने छु , म आशा गर्छु चाँडो भन्दा चाँडो वर्तमान अवस्थामा सुधार आओस । ’

प्रतिक्रिया

सम्बन्धित खवर