सोमबार, बैशाख १५, २०७७
मा प्रकाशित
0
Shares
जेनेभा, वैशाख १५ : फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरियतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । सोही अनुरुप नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो ।
सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशीप खेलेको थियो । नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०, उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय व्यहोरेको थियो ।
सबै खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । फुटसलको विश्व वरियतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा स्पेन छ ।
