मानिसहरुका विभिन्न शोख हुन्छन् । धेरै मानिसहरुलाई शरिरमा ट्याटू बनाउने शोख हुन्छ । ट्याटू धेरैले बिभिन्न स्मरणको लागि बनाउने गर्छन् । ट्याटू बनाउदा जति धेरै खर्च भएपनि मानिसहरुले बनाउने गर्छन् । यस्तै एक युवतीले आफ्नो आखाँमा ट्याटू बनाएकी छिन् ।
अष्ट्रेलियाकी एमबर ल्यूकले आफ्नो आँखामा ट्याटू बनाएकी छिन् । २४ वर्षीय ल्यूकले आफ्नो आँखामा ट्याटू बनाउदा केहि हप्तासम्म आँखा हेर्न सकिनन् । सेतो आँखालाई निलो बनाएकी उनलाई अहिले सबैले दि ब्लू आई ह्वाईट ड्रेगन भन्ने गर्छन् ।
उनलाई आँखामा ट्याटु बनाउन ४० मिनेट लागेको थियो ।उनको आँखामा ट्याटु बनाउदा आँखामा चारबटा सुई घोपिएको बताइएको छ । ट्याटु बनाउदा उनको आँखा तीन हप्तासम्म पोलेको थियो । सानैदेखि शरिरमा ट्याटु बनाउदै आएकी उनले शरिरभरी गरेर २०० वटा ट्याटू बनाएकी छिन् । उनले शरीरमा ट्याटू बनाउन करिब ३७ हजार डलर खर्च गरेको बताइएको छ ।