काठमाडाैं, वैशाख २० : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टेष्ट र टी–ट्वान्टी वरीयतामा भारतलाई पछि पार्दै अष्ट्रेलिया शीर्षस्थानमा उक्लिएको छ। आईसीसीले शुक्रबार जारी गरेको टेष्टको नयाँ वरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। नेपाल भने १५ औं स्थानमा छ ।
नयाँ टेष्ट वरियता अनुसार अष्ट्रेलिया शिर्ष, न्युजिल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छन्। यस्तै इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौ, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश १० औं स्थानमा छन्।
भारत सन् २०१६ को अक्टोबरपछि पहिलो पटक टेस्ट वरियताको शीर्ष स्थानबाट खस्किएको हो।
ओडिआई वरियतामा इंग्ल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन्। न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा छ। नेपाल १६ औं स्थानमा रहेको छ।
टि ट्वान्टी वरियतामा पनि अष्ट्रेलिया शीर्षस्थानमा उक्लिएको छ। गत २७ महिनादेखी शीर्ष स्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै अष्ट्रेलिया पहिलो स्थानमा पुगेको हो। इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन्। न्युजिल्यान्ड छैटौं, श्रीलंका सातौं, बंगलादेश आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १० औं स्थानमा छ। एजेन्सी